Nepal Jana Khabar
हरेक जनताको खबर
२५ भाद्र २०८१, मंगलवार

काभ्रेको धार्मिक र पर्यटकीय क्षेत्र ग्वाईजाङमा भब्यरुपमा जनैपूर्णिमा र गोनेङया पर्व मनाइयो

  काभ्रे- काभ्रे रोशी गाउँपालिका वडा नं २ पुरानो गाउँमा अवस्थित (ग्वाईजाङ) क्षेत्रमा जनैपूर्णिमा र गोनेङया पर्व भव्यरुपमा मनाइएको छ। जनैपूर्णिमाका दिन ग्वाईजाङ क्षेत्रमा स्थानीय समुदायले मनाउने गोनेङया पर्वको आफ्नै धार्मिक र संस्कृतिक महत्व रहिआएको छ।ग्वाईजाङ झरणामा जनै पूर्णिमाको दिनमा स्नान गर्नाले पापबाट मुक्त भईने र पुण्य मिल्ने त्यहाँका स्थानीयबासीहरु बताउछन्। प्रत्येक वर्ष यही धर्मिक जनविश्वासलाई आधार मान्दै काभ्रेका स्थानीय तामाङ समुदायका व्यक्तिहरू गोनेङया पर्व भव्यरुपमा मनाउने गर्दछन्।

परम्परागत कालदेखि वर्तमान समयसम्म काभ्रेको रोशी गाउँपालिकाका स्थानीय तामाङ समुदायले अखेमाम देवताको परापूर्वकालदेखि पूजाअर्चना गर्दैआएको सामाजिक अभियन्ता प्रदिप लामाले जनआवाज मिडियालाई बताउनुभयो। धर्ममा आस्था राख्ने व्यक्तिहरूले देवतालाई पुकार्दा मनोकामना पूरा हुने सामाजिक अभियन्ता शंखादोज लामा, लक्ष्मण लामा,नन्दराज पोखरेलले जनआवाज मिडियालाई बताए ‌। त्यसैले यहाँका व्यक्तिहरु धार्मिक आस्थालाई आधार मान्दै जनैपूर्णिमा र गोनेङया पर्व भव्यरुपमा मनाउने सामाजिक अभियन्ता प्रदिप लामाले बताउनुभयो। कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै यसवर्ष गोनेङया पर्व स्वास्थ साबधानी अपनाउँदै भब्यरुपमा सम्पन्न गर्न सफल भएको र आगामी दिनहरुमा प्रत्येक वर्ष जनैपूर्णिमा र गोनेङया पर्व भव्यरुपमा मनाउने त्यहाँका स्थानीय झाक्री र युवाहरुले बताएका छन्।

यो पनि पढनुस !!

ग्वाईजन झरणा आसपास रहेको क्षेत्र प्राकृतिक धार्मिकस्थल प्रशस्त भएको कारण यसको ऐतिहासिक महत्व रहिआएको छ। यस क्षेत्रमा तीनधारे झरणा, कमलपोखरी लगायत अन्य प्राकृतिक स्रोतले भरिपूर्ण स्थल रहेको यससँगै धार्मिकस्थलको दृष्टिकोणले पनि भरिपूर्ण रहेको सामाजिक अभियन्ता प्रदिप लामाले बताउनुभयो। आगामी दिनहरुमा नेपाल सरकारले प्राकृतिक र धार्मिक क्षेत्र पहिचान गरि पर्यटन क्षेत्रको रुपमा विकास गर्न अति नै आवश्यक देखिन्छ।प्रकाश कपाली (सह-सम्पादक)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.