काठमाडौ । दीपावली तथा भाइटीकाको सांस्कृतिक महत्त्व दीपावली हिन्दू धर्मावलम्बीहरूको महान् पर्व हो। दसैँपछिको सबैभन्दा ठूलो र महत्त्वपूर्ण चाडका रूपमा दीपावलीलाई लिने गरिन्छ। यस पर्वको अन्तिम दिन भाइटीका विशेष महत्त्वका साथ मनाइन्छ। आजको दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका, माला तथा मिठाई लगाइदिएर दाजुभाइको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्दछन्। दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयता प्रकट गर्ने यस पर्वलाई नेपालीहरूले हर्षोल्लासका साथ मनाउँछन्। नेपालमा मात्र नभई विश्वका विभिन्न देशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले समेत आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानलाई जोगाउँदै दीपावली तथा भाइटीका पर्व हर्षोल्लासपूर्वक मनाउने गर्दछन्।
ट्रेनडिंग