Nepal Jana Khabar
हरेक जनताको खबर
७ कार्तिक २०८३, शुक्रबार

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतविरोधी भावनालाई नेपाली राष्ट्रवादसँग जोड्ने समय सकिएको बताएका छन्।

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतविरोधी भावनालाई नेपाली राष्ट्रवादसँग जोड्ने समय सकिएको बताएका छन्। भारत भ्रमणमा रहेका वाग्लेले शुक्रबार नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले भारतसँग सुमधुर सम्बन्ध चाहेको बताए। नेपाल–भारत सम्बन्धबारे आयोजित विशेष सत्रमा उनले दुई देशबीच बेलाबेला समस्या देखिए पनि भौगोलिक तथा सामाजिक निकटताले गहिरो सम्बन्ध जोडेको उल्लेख गरे। प्रधानमन्त्री शाहले चाँडै भारत भ्रमण गर्ने जानकारी पनि उनले दिए। ‘प्रोक्सिमिटी टु प्रस्पेरिटी : द इन्डिया–नेपाल अपरच्युनिटी’ शीर्षकको सत्रमा वाग्लेले नेपाल–भारतको निकटतालाई आर्थिक समृद्धिको अवसरमा बदल्नुपर्नेमा जोड दिए।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.