Nepal Jana Khabar
हरेक जनताको खबर
२५ बैशाख २०८३, शुक्रबार
ट्रेनडिंग

बालेन–रवि एकता हिलो र अँध्यारो सुरुङ जस्तै थियो : कुलमान घिसिङ।

काठमाडौ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले बालेन शाह र रवि लामिछानेसँगको एकतालाई “हिलो र अँध्यारो सुरुङ” को संज्ञा दिएका छन्। हाल उक्त अवस्थाबाट बाहिर निस्केर आफूहरू सफा र स्पष्ट दिशातर्फ अघि बढिरहेको उनले बताएका छन्। एक सार्वजनिक कार्यक्रममा बोल्दै घिसिङले भने, “बालेन–रवि संगको एकता एउटा हिलो र अँध्यारो सुरुङ जस्तै रहेछ, अहिले त्यहाँबाट निस्केर हामी सफा भएर आएका छौँ।” उनको भनाइले विगतको सहकार्यप्रति असन्तुष्टि र वर्तमानमा नयाँ राजनीतिक स्पष्टता आएको संकेत गर्छ। राजनीतिक वृत्तमा घिसिङको यो अभिव्यक्तिलाई बालेन शाह र रवि लामिछानेसँगको दूरी तथा भावी राजनीतिक धारणा परिवर्तनको संकेतका रूपमा हेरिएको छ। यसले आगामी दिनमा नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावनालाई समेत बल दिएको विश्लेषकहरूको भनाइ छ।

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.