Nepal Jana Khabar
हरेक जनताको खबर
६ माघ २०८२, सोमबार

काठमाडौँको शङ्खरापुर नगरपालिका वडा नम्बर–३ स्थित लप्सेफेदी जंगलमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

काठमाडौं । काठमाडौँको शङ्खरापुर नगरपालिका वडा नम्बर–३ स्थित लप्सेफेदी जंगलमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। बिहीबार बिहान गोकर्णेश्वर नगरपालिका–५, जोरपाटी निवासी ६० वर्षीय अर्जुन लामिछानेलाई अस्पतालले मृत घोषणा गरेको हो। उनको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको थियो। यसअघि दुर्घटनामा ज्यान गुमाएका चार जनाको सनाखत भइसकेको छ। बुधबार साँझ स्थानीय ढोल्बु सामुदायिक बन क्षेत्रमा बा.४ ख ८७८८ नम्बरको महानगर यातायातको बस अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.