Nepal Jana Khabar
हरेक जनताको खबर
२९ जेष्ठ २०८३, शुक्रबार

रास्वपा सभामा बालेन र कुलमान अनुपस्थित भएपछि पार्टीभित्र असन्तोष चुलियो

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालै सम्पन्न राष्ट्रिय सभा गृह को सभामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उपस्थित नदेखिएपछि पार्टीभित्रै असन्तोष चुलिएको छ। सभामा सहभागी केही कार्यकर्ताले बालेन साह र कुलमान घिसिङलाई लक्षित गर्दै “यी नेताहरू अवसरका लागि मात्रै आएका हुन्” भन्ने आरोप लगाए। उनीहरू सभामा कतै पनि नदेखिएको भन्दै कार्यकर्ताले खुलेरै असन्तुष्टि जनाएका हुन्। कार्यकर्ताहरूका अनुसार, “बालेनलाई प्रधानमन्त्री बनाउने कुरा उठ्दा कुलमानले रास्वपा छोड्ने, कुलमानलाई प्रधानमन्त्री बनाउने कुरा उठ्दा रवि लामिछाने निकट कार्यकर्ताले विरोध गर्ने” प्रवृत्तिले पार्टीभित्र गम्भीर अन्योल सिर्जना भएको छ। उनीहरूले २३ र २४ भदौका घटनामा ज्यान गुमाउने युवा (जेन्जी) हरू कुनै एक व्यक्तिलाई प्रधानमन्त्री बनाउनका लागि होइन, देशमा व्याप्त भ्रष्टाचार र जनतामाथि भएको अत्याचारविरुद्ध बलिदान दिएको दाबी गरे। कार्यकर्ताहरूले शहीदहरूको बलिदानमाथि राजनीतिक खेल खेलिएको आरोप लगाउँदै भने, “शहीदहरूको रगतमा राजनीति गर्नेहरूलाई धिक्कार छ।” रास्वपाभित्र बढ्दो असन्तोष र नेतृत्वबीचको मतभेदले आगामी दिनमा पार्टीको आन्तरिक राजनीतिमा थप प्रभाव पार्ने देखिएको छ।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.