Nepal Jana Khabar
हरेक जनताको खबर
२५ बैशाख २०८३, शुक्रबार
ट्रेनडिंग

माओवादी केन्द्रसँग एकता गर्ने नेकपा एसको बहुमतको निर्णय

काठमाडौं १५ कात्तिक नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँग एकता गर्ने औपचारिक निर्णय गरेको पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

झलनाथ खनाल, घनश्याम भुसाल र रामकुमारी झाँक्रीसहितका केही नेताहरू भने एकताको विपक्षमा उभिएका छन् । ‘बहुमतले एकताको निर्णय गरेको छ’, खतिवडाले भने ।

नेता झाँक्रीले पनि बहुमतको आधारमा माओवादी केन्द्रसँग एकतामा जाने निर्णय भएको बताइन् । यद्यपि आफूहरू एकता प्रक्रियामा सहभागी नहुने उनले बताइन् ।

पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ठूलो संख्यामा नेता कार्यकर्ताहरू त्यसप्रति असन्तुष्ट रहेको दाबी गरिन् ।

 

यो पनि पढनुस !!

प्रतिक्रिया
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.