Nepal Jana Khabar
हरेक जनताको खबर
२० कार्तिक २०८२, बुधबार

माओवादी केन्द्रसँग एकता गर्ने नेकपा एसको बहुमतको निर्णय

काठमाडौं १५ कात्तिक नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँग एकता गर्ने औपचारिक निर्णय गरेको पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

झलनाथ खनाल, घनश्याम भुसाल र रामकुमारी झाँक्रीसहितका केही नेताहरू भने एकताको विपक्षमा उभिएका छन् । ‘बहुमतले एकताको निर्णय गरेको छ’, खतिवडाले भने ।

नेता झाँक्रीले पनि बहुमतको आधारमा माओवादी केन्द्रसँग एकतामा जाने निर्णय भएको बताइन् । यद्यपि आफूहरू एकता प्रक्रियामा सहभागी नहुने उनले बताइन् ।

पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ठूलो संख्यामा नेता कार्यकर्ताहरू त्यसप्रति असन्तुष्ट रहेको दाबी गरिन् ।

 

यो पनि पढनुस !!

दुर्गा प्रसाइ लाई भारतले दियो चेतावनी|


प्रतिक्रिया
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.