Nepal Jana Khabar
हरेक जनताको खबर
१९ बैशाख २०८३, शनिबार
ट्रेनडिंग

अध्यक्ष प्रचण्डले निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न माओवादी सक्षम रहेको बताएका छन्।

काठमाडौं, १२ माघ । शनिबार घोराहीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न माओवादी सक्षम रहेको बताएका छन्। माओवादीले अहिले सत्ताभन्दा पनि जनतालाई प्राथमिकतामा राखेर देशव्यापी रूपमा सुशासन, समृद्धिको अभियान चलाएको भन्दै जनता शक्ति भएको बताए।०८४ मा आफ्नो पार्टीको बहुमत आउने आधार बन्दै गएको बताउँदै आगामी निर्वाचनमा कसैको बैशाखी नटेकी एक्लै चुनावमा होमिने दावी गरे । प्रचण्डले भने ‘माओवादी आफ्नै खुट्टामा उभिन सक्दैन भन्ने भाष्य बनाउन खोजियो । त्यसको पनि समीक्षा गरेर हामी मंसिरमा भएको उपनिर्वाचनमा एक्लै चुनावमा होमियौँ र राम्रो नतिजा पनि ल्यायौँ,’ उनले भने, ‘अब हामी आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौँ ।’

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.