काठमाडौं, १३ कत्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले यही मंसिर १६ गतेदेखि तय भएको प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको हो ।
प्रधानमन्त्रीको टोली ८७ सदस्यीय हुने भएको छ । ओलीसँग मन्त्रीसहित ३९ जना सरकारी अधिकारी जाने भएका छन् । त्यसैगरी निजी क्षेत्रका ४८ जना प्रतिनिधि पनि भ्रमण दलमा सहभागी हुने तय भएको छ ।
प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि यही मंसिर १७ गते चीनको राजधानी बेइजिङतर्फ जाँदैछन् । जहाँ ओलीसँग मंसिर १८ मा त्यहाँस्थित राष्ट्रपति सी चिनफिङले भेटवार्ता गर्ने भएका छन् ।
ओली चार दिने उत्तरी छिमेकीको यात्रा सकेर मंसिर २० गते स्वदेश फर्किने तालिका छ ।