Nepal Jana Khabar
हरेक जनताको खबर
७ माघ २०८१, सोमबार

कांग्रेस नेता बजगाईंविरुद्ध कारबाहीको माग गर्दै पर्यटनमन्त्री पाण्डेद्वारा उजुरी दर्ता

काठमाडौं, ३० कात्तिक । कांग्रेस सहमहामन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पार्टी नेता तथा सांसद राजेन्द्र बजगाईंविरूद्ध पार्टी कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका छन् ।

मन्त्री पाण्डेले सांसद बजगाईँले पार्टी अनुशासन र हित विरुद्ध काम गरेको भन्दै अनुशासनको कारबाहीको माग गर्दै कांग्रेस अनुशासन समिति र संसदीय दलमा उजुरी दर्ता गराएका हुन् ।

सांसद बजगाईंले रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा सञ्चालकले मन्त्रीलाई करोडौँ रुपैयाँ घुस बुझाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका थिए । आरोपमा सांसद बजगाईँले उक्त पैसाबाट मन्त्रीले घर किनेको समेत दाबी गरेका थिए ।

‘डेरामा बस्ने मन्त्री बन्नासाथ घर किन्ने ?‚’सांसद बजगाईँले सामाजिक सञ्जालमा लेखेका थिए । जवाफमा बद्री पाण्डेले मतियार र बिचौलियासँग कहिल्यै पनि सम्झौता नगर्ने भन्दै इमानदार भएर काम गर्न खोजे पनि स्वार्थ समूहले घेराबन्दीमा पार्न खोजेको गुनासो गरेका थिए ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.