Nepal Jana Khabar
हरेक जनताको खबर
१९ बैशाख २०८३, शनिबार
ट्रेनडिंग

टाढा रहेका मान्यजनबाट आज पनि लगाईँदै दसैँको टीका

काठमाडौं, २८ असोज । विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज (आश्विन शुक्ल द्वादशीका दिन) पनि दसैँको टीका लगाउँदैछन्।

नवदुर्गाको प्रसादस्वरुप बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाअनुसार कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा छैन।

टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने क्रम आज पनि जारी छ। यो क्रम पूर्णिमासम्मै जारी रहन्छ।

यो पनि पढनुस !!

आफूभन्दा अग्रज मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रहिआएको छ। ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दसैँलाई आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको पर्वका रुपमा लिने गरिन्छ।

भोलि (मंगलबार) देखि सरकारी कार्यालयहरु खुल्ने भए पनि नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम भने बुधबार अखिल बलिपूर्ति नभएसम्म जारी रहन्छ। कोजाग्रत पूर्णिमा भने कात्तिक १ गते बिहीबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

आश्विन शुक्ल पूर्णिमाका दिन अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि बडादसैँ सकिन्छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.