काठमाडौं, २६ जेठ । अर्थमन्त्री वर्षमान पुनले सुशासन कायम गर्न राज्यका सबै निकायमा शुद्धीकरण अभियान सुरु गरिने बताएका छन् । शनिबार काठमाडौंमा रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री पुनले बर्तावान सरकारले राज्यका सबै निकायमा शुद्धीकरण अभियान सुरु गर्ने बताउनु भएको हो।
“…राज्यका सबै निकायहरुमा शुद्धीकरण अथवा सुशासनको लागि सरकारले काम गरिराखेको छ,” उनले भने । सरकारले भ्रष्टाचार अन्त्य गर्न खोजेको उनले उल्लेख गरे । उनले नजिक र टाढाको नभनी दोषीमाथि कारबाही गरिने बताए । भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्न सरकार उभिएको उनको भनाइ थियो ।
“…हामीले शासन गर्दै गर्दा नजिकको वा टाढाको भन्ने हुँदैन । हामीले शुद्धीकरण अभियानको रूपमा, सुशासन कायम गर्ने रूपमा, भ्रष्टाचार नियन्त्रण गर्ने रूपमा नै जानुपर्ने हुन्छ । त्यसरी सरकार उभिएको छ,” उनले भने । अर्थमन्त्री पुनले सरकारले नियामक निकायलाई बलियो बनाउने पनि बताए । अस्वस्थकर खानेकुराको बिक्री–वितरण हुन नदिन राज्यले ध्यान पु¥याउने उनले उल्लेख गरे ।