Nepal Jana Khabar
हरेक जनताको खबर
१८ बैशाख २०८१, मंगलवार

मुलुक समृद्विको बाधक भ्रष्टाचार र तस्करीलाई निर्ममतापूर्वक हटाउनै पर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १९ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नयाँ गतिका साथ काम गर्ने अठोट लिएर पुनर्गठन गरिएको बताउदै त्यहिँ गतिमा काम गर्न मातहतका निकायलाई निर्देसन दिनुभएको छ। मुलुक समृद्विको बाधकका रूपमा रहेका भ्रष्टाचार, तस्करी र राजस्व छलीलाई निर्ममतापूर्वक हटाउनै पर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिनुभएको हो। सिंहदरबारमा आयोजित राजस्व वृद्वि तथा चुहावट नियन्त्रण सम्वन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूलाई प्रधानमन्त्री प्रचण्डले नयाँ गतिका साथ काम गर्ने अठोट लिएर सरकार पुनर्गठन गरिएको बताउँदै सोहीअनुरूप क्रियाशील हुन निर्देशन दिनुभयो ।

यो पनि पढनुस !!

सेनाका ५६ जना उपसेनानीले लगाए फुली

मुलुक समृद्विको बाधकका रूपमा रहेका भ्रष्टाचार, तस्करी र राजस्व छलीलाई निर्ममतापूर्वक हटाउनै उल्लेख गर्दै प्रधानमन्त्रीले जनतामा पैदा गरिएको निरासालाई चिर्न बिगतका परम्परागत प्रशासनिक कार्यशैली, ब्यवहार र चिन्तनबाट सम्भव नहुले बताउनुभयो। नयाँ परिबेशमा नयाँ सोचसहित अगाडि बढ्न प्रधानमन्त्रीको निर्देशन रहेको छ। आन्तरिक बजारलाई व्यवस्थित तुल्याउँदै बिल लिने दिने प्रणाली प्रभावकारी बनाउनसमेत प्रधानमन्त्रीले निर्देशन दिनुभयो। कर प्रशासनका सबै कार्यलाई पूर्ण प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिन प्रधानमन्त्रीको निर्देशन छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.