Nepal Jana Khabar
हरेक जनताको खबर
१२ असार २०८१, मंगलवार

प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा सार्वजनिक बिदा नदिन र बालबालिका प्रयोग नगर्न निर्देशन

काठमाडौं, १८ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रममा सार्वजनिक बिदा नदिन तथा बालबालिकाहरूलाई समेत सहभागी नगराउन सरकारी निकायलाई निर्देशन दिएका छन्।

रामेछापको सुनापति गाउँपालिकामा पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा पालिकाले सार्वजनिक बिदा दिएको समाचार आएपछि प्रधानमन्त्रीको निर्देशन बमोजिम सचिवालयले प्रधानमन्त्रीको निर्देशनबारे जानकारी गराएको हो।

यो पनि पढनुस !!

प्रधानमन्त्रीको सन्देशपछि सुनापति गाउँपालिकाले यसअघि दिएको बिदा रुद्ध गरेको छ। आफू सहभागी हुने अन्य कार्यक्रममा पनि सार्वजनिक बिदा नदिन र बालबालिका प्रयोग नगर्न प्रधानमन्त्रीको निर्देशन छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.