Nepal Jana Khabar
हरेक जनताको खबर
१० चैत्र २०८१, सोमबार
ट्रेनडिंग

काठमाडौँमा युवा संघ र दुर्गा प्रसाईंको शक्ति प्रदर्शन, विशेष सुरक्षा व्यवस्था लागु

काठमाडौँ, ७ मङ्सिर। आज युवा संघलगायत एमालेका भ्रातृ संगठन र दुर्गा प्रसाईंको समूहले काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछन्। यो समाचार तयार पार्दासम्म काठमाडौँ उपत्यकाको जनजीवन सामान्यनै रहेको छ।

युवा संघको नेतृत्वमा तीनकुनेमा र प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले बल्खु चोकमा प्रदर्शन गर्ने तयारी गरेको छ ।
एकअर्काबीच आरोप–प्रत्यारोप गरिरहेका यी दुई समूहबीच झडप हुनसक्ने आकलन गरी काठमाडौँ उपत्यकाभरि नै सरकारले विशेष सुरक्षाको व्यवस्था गरेको छ।

सरकारले ठुलो मात्रामा सुरक्षाकर्मी परिचलन गरेको छ भने काठमाडौँ छिर्ने नाकामा कडाइ गरेको सुरक्षा श्रोतले बताएको छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.