Nepal Jana Khabar
हरेक जनताको खबर
८ जेष्ठ २०८२, बुधबार
ट्रेनडिंग

टी-२० विश्वकप छनोट : आज नेपाल र मलेसिया भिड्दै

काठमाडौँ, १४ कात्तिक । नेपालले आज मंगलबार आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको दोस्रो खेल मलेसियासँग खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १ बजे सुरु हुनेछ। घरेलु टोली लगातार दोस्रो जितको खोजीमा मैदान उत्रदैछ।

नेपालले समूह चरणको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो। नेपाल दोस्रो जितको खोजीमा हुँदा मलेसिया भने पहिलो जित निकाल्ने योजनामा हुनेछ। मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो।

यो पनि पढनुस !!

मलेसियाविरुद्धको खेलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी टोली बाहिर रहनेछन्। सिंगापुरविरुद्धको खेलअघि अभ्यासका क्रममा बायाँ खुट्टाको एंकलमा चोट लागेपछि दिपेन्द्रले आजको खेल गुमाउनेछन्। सिंगापुरविरुद्धको खेल अघि नै भाइते भएपछि उनको स्थान विवेक यादवले लिएका थिए। उनको स्थानमा आज पनि विवेकले नै मौका पाउन सक्नेछन्।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.