Nepal Jana Khabar
हरेक जनताको खबर
२४ बैशाख २०८३, बिहीबार
ट्रेनडिंग

२९ वर्षदेखि ‘सिमसिमे पानीमा’ गीतसँग प्रतिस्पर्धा गर्दै गायिका रेखा शाह (भिडिओ)

हामीले गायिका रेखा शाहलाई उनको लोकप्रिय गीत ‘सिमसिमे पानीमा’को कथा सुनाउन सेतोपाटी डाक्यौं।

उनले हामीलाई यो गीतको भाग्य कथा सुनाइन्।

कथा तीन दशक पुरानो हो।

धादिङमा जन्मे-हुर्केकी रेखा उच्चशिक्षा तह पढाइ अघि बढाउने र रेडियो नेपालमा गएर स्वर परीक्षा दिने दुई उद्देश्य बोकेर काठमाडौं आएकी थिइन्।

यो पनि पढनुस !!

उनका त्योबेला तीन वटा लोकगीत थिए जसमध्ये एउटा सिमसिमे पानीमा थियो।

स्वर परीक्षा दिन रेडियो नेपालमा बुझ्न जाने क्रममा त्यहाँ आयोजना हुने देशव्यापी लोकगीत प्रतियोगितामा उनी सहभागी भइन्। गीतले पहिलो स्थान हासिल गर्‍यो।

करिब १६ वर्षको उमेरमा रेखाले कल्पनै नगरेको चर्चा पाइन्। आज पनि उनको सिंगो सांगीतिक व्यक्तित्वको परिचयमा यो गीतको लोकप्रियता हाबी छ।

२०४९ सालको त्यो प्रतियोगितामा रेखाले सिमसिमे पानीमाको सट्टा अर्को गीत गाउन सक्थिन्। तर त्यही किन छानिन्, स्पष्ट उत्तर उनीसँग पनि छैन।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.