Nepal Jana Khabar
हरेक जनताको खबर
१७ बैशाख २०८१, सोमबार

नेपालीको उद्धार गर्न इजरायल उड्यो जहाज, विद्यार्थीलाई आज नेपाल ल्याइँदै

काठमाडौँ, २५ असोज। इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणका कारण समस्यामा परेका नेपाली विद्यार्थीहरूलाई सरकारले आज स्वदेश ल्याउँदै छ । नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज लिएर परराष्ट्रमन्त्री नारायणप्रकाश साउद गएराति इजरायल गएका छन् ।

विद्यार्थीहरूलाई लिएर जहाज आज बेलुकी ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ । पहिलो चरणमा आज २ सय ५४ विद्यार्थी मात्र ल्याइने छ । निगमको एयरबस ३३० जहाज स्थानीय समयअनुसार आज बिहान ९ः१० बजे इजरायलको तेल अभिवस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।

यो पनि पढनुस !!

सेनाका ५६ जना उपसेनानीले लगाए फुली

यही असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने स्थानमा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणपछि तीन सयभन्दा बढी नेपाली त्यहाँ अलपत्र परेका छन् । आक्रमणका क्रममा १० नेपालीले ज्यान गुमाएका थिए । इजरायल सरकारले नेपाली विद्यार्थीको शव तत्काल हस्तान्तरण गर्ने अवस्था नदेखिएकाले केही समय कुर्नुपर्ने अवस्था देखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.