Nepal Jana Khabar
हरेक जनताको खबर
१७ बैशाख २०८१, सोमबार

काठमाडौं-१६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन

काठमाडौं, २१ भदौ । काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

रिजाल डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचारत थिए। रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रिय सभापति समेत हुन् ।

वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा रहेका छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ।

काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ ।

 

यो पनि पढनुस !!

सेनाका ५६ जना उपसेनानीले लगाए फुली

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.