Nepal Jana Khabar
हरेक जनताको खबर
२१ बैशाख २०८१, शुक्रबार
ट्रेनडिंग

दुई हाइड्रोपावरले पाए आईपीओ निष्कासनको अनुमति

काठमाडौं, ११ असार । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनका लागि दुई हाइड्रोपावर कम्पनीलाई अनुमति दिएको छ । बोर्डले मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।

मनकामना इन्जिनियरिङले २८ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट असार ५ गते अुनमति पाएको हो । यस कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

यो पनि पढनुस !!

सेनाका ५६ जना उपसेनानीले लगाए फुली

भगवती हाइड्रोपावरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न सेबोनबाट असार ६ गते अनुमति पाएको हो । अनुमति पाएसँगै कम्पनीले अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा १४ लाख ३० हजार १६२ कित्ता आईपीओ निष्कासन गर्ने छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.