Nepal Jana Khabar
हरेक जनताको खबर
२१ बैशाख २०८१, शुक्रबार
ट्रेनडिंग

बेलायतमा पहिलो पटक महिला प्रधानन्यायधीश बन्दै

लन्डन । बेलायतमा पहिलो पटक न्यायिक प्रणालीको कमाण्ड महिला प्रधानन्यायाधीशको हातमा हुने भएको छ ।

बितेका ७ सय ५५ वर्षमा बेलायतले पहिलो पटक महिलाले प्रधानन्यायाधीश पाउन लागेको हो । यसअघि प्रधानन्याधिसमा कुनै पनि महिलाले यो जिम्मेवारी हासिल गरेका थिएनन् ।

यो पनि पढनुस !!

सेनाका ५६ जना उपसेनानीले लगाए फुली

मिडिया रिपोर्टका अनुसार यस पटक ‘लर्ड चीफ जस्टिस अफ इंग्ल्याण्ड र वेल्सको पदका लागि अन्तिम दुई उम्मेदवार महिला छन् । जसमध्ये न्यायमूर्ति सु कार पुनरावेदन अदालतका न्यायाधीश हुन् भने भिक्टोरिया शार्प उच्च अदालतका वरिष्ठ न्यायाधीश हुन् ।

दुई उम्मेदवार मध्ये एक बेलायतको लर्ड प्रधान न्यायाधीश बन्नेछन्। आगामी दुई साताभित्र यसको घोषणा हुनेछ । बेलायतमा न्यायपालिका स्थापना भएदेखि नै प्रधानन्यायाधीशको उपाधि सधैं पुरुषकै हातमा रहेको छ । प्रधान न्यायाधीशको पद पहिलो पटक १२६८ मा सिर्जना गरिएको थियो। अहिलेसम्म १०० भन्दा बढी पुरुषहरू यसमा बसेका छन्।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.