Nepal Jana Khabar
हरेक जनताको खबर
१९ बैशाख २०८३, शनिबार
ट्रेनडिंग

मविरुद्ध पापी मनहरूको घेराबन्दी छ : मन्त्री सुदन किराती

खोटाङ, २६ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूविरुद्ध पापी मनहरूले घेराबन्दी गरेको बताएका छन्।

खोटाङको दिक्तेल बजारमा जडान गरिएको अग्नि नियन्त्रण यन्त्र (फायर हाइड्रेन्ट गेट भल्भ) उद्घाटन कार्यक्रममा उनले तीन वटा सानो जहाज किन्ने प्रक्रिया थालेपछि पापी मन भएकाले घेराबन्दी गरिरहेको बताए।

‘मैले मन्त्रालय सम्हालेको करिब तीन महिनामै नेपाल वायुसेवा निगमको घाटा चार अर्ब ऋण घटाएको छु। अहिले हामी तीन वटा जहाज किन्ने प्रक्रियामा छौं। हवाईजहाज किन्न नदिन संसारभरका पापी मनहरूले घेराबन्दी गरिरहेका छन्’, मन्त्री किरातीले भने, ‘तपाईंहरूको साथ पाएँ भने प्रक्रिया र प्रणालीमा पारदर्शी तरिकाले पाँच पैसा घोटाला हुन नदिने गरी जहाज ल्याउँछौं।’

यो पनि पढनुस !!

मन्त्रालयले खरिद गरेर ल्याउने दुई वटा जहाज पश्चिम नेपालमा र एउटा पूर्वी नेपालको विराटनगरमा राखेर उडान भर्ने व्यवस्था मिलाइने मन्त्री किरातीले जानकारी दिए।

‘हवाईजहाज अभावमा गौचरणमा परिणत भएका देशका २२ वटा विमानस्थलमा एक जना सुत्केरी भए पनि उडान भर्ने गरी तयारी थालिएको छ’, उनले भने, ‘म मन्त्री भएर जाँदा हवाईजहाज त बेहोस अवस्थामा भेन्टिलेटरमा सुतिरहेको रहेछ। त्यसलाई हामी उपचार गर्दैछौं। २२ वटा विमानस्थल गौचरणमा परिणत भएको छ। कारण जहाजमाथि ठूलाठूला भ्रष्टाचार भए। पापीको आँखा लागे, लुट्नैसम्म लुटिए । खाने, पिउने र रमाउने ठाउँ त्यही मन्त्रालयलाई बनाए। अब यसरी चल्न दिन्नँ ।’

उनले खोटाङको तीनवटै विमानस्थलमा नियमित उडान-अवतरण गर्नेगरी तयारी थालिएको पनि बताए । प्राधिकरणमा विमान नभएकै कारण उडान/अवतरण हुन नसकेको जानकारी दिँदै मन्त्री किरातीले अबको केही समयपछि नै खोटाङका तीनवटै विमानस्थलमा नियमित उडान÷अवतरण हुने विश्वस्त पारे।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.