Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

बैंकमा भन्दा सेयरमा लगानी गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ, २५ जेठ । अर्थमन्त्री डा.प्रकाश शरण महतले बचतकर्तालाई सेयर बजारमा लगानी गर्न सुझाव दिएका छन् । बिहीबार धितोपत्र बोर्डको ३१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले बैंकमा भन्दा सेयर बजारमा लगानी गर्दा फाइदा हुने भन्दै उनले यस्तो सुझाव दिएका हुन् ।

‘सेयर बजार आम लगानीकर्ताको लागि हुनु पर्यो । बैंकमा राख्नुभन्दा सेयर बजारमा लगानी गर्दा फाइदा हुन्छ । सेयर बजार प्रतिको विश्वास कम गराउने काम हामीबाट हुँदैन,’ उनले भने ।

यस्तै, उनले पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको आकर्षण समेत बढेको बताए । रियल सेक्टरका उद्योगहरुलाई सेयर बजारमा ल्याउन जरुरी रहेको उनको भनाई थियो ।

 

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.