Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

गौर हत्याकाण्डविरुद्धको मुद्दा न्यायाधीश राउतको इजलासमा

काठमाडौँ, २५ जेठ। गौर हत्याकाण्डविरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दा सुनुवाइ गर्न आज (बिहीबार) का लागि पुनः पेसी तोकिएको छ। यसअघि जेठ २२ गते उक्त मुद्दाको पेसी न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिए पनि भए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो।

आज भने उक्त हत्याकाण्डविरुद्धको रिट निवेदनमा सुनुवाइ गर्न न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको छ।

सशस्त्र द्वन्द्वका बेला २०६३ चैत ७ गते रौतहटको गौरमा मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीका कार्यकर्ताबीच झडप हुँदा २८ जना माओवादी कार्यकर्ता मारिएका थिए। फोरम र माओवादीले एकै स्थानमा सभा गर्न खोजेपछि दुई पक्षबीच झडप भएको थियो।

त्यसमा मारिएकाहरूको आफन्तका तर्फबाट न्याय माग गर्दै त्रिभुवन साहले सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता गरकाए हुन्। हत्याकाण्डविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदा पनि प्रहरीले सुनुवाइ नगरेको पीडित परिवारका तर्फबाट गत आइतबार सर्वोच्च अदालतमा मुद्दा हालिएको हो।

 

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.