काठमाडौँ, २५ जेठ । राप्रपाका सांसद दीपक सिंहले कृषि अनुदान लिने सांसद र मन्त्रीलाई कारबाही गर्न माग गरेका छन् ।
संसदको आजको शून्य समयमा उनले सांसद र प्रदेशका मन्त्रीले आफ्नो फार्मको नाममा अनुदान लिने गरेको पाइएकाले अनुसन्धान गरी कारबाही गर्न माग गरे ।
‘अनुदान दुरुपयोग भइरहेको छ । प्रदेश सरकारका मन्त्री र नातागोता, हामी माननीयबाट पनि अनुदान लिएर कराेडाैँ हिनामिना भएको जाँच होस् । अनुदानमा हामी कोही मुछिएको भए र प्रदेशका मन्त्रीलाई कारबाही गर्न माग गर्दछु,’ उनले भने ।