Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

रवि र स्वर्णिमले लिए सांसदको सपथ

काठमाडौं, १५ बैशाख । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज सांसदको शपथ लिएका छन्।

सिंहदरबारमा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसदहरू लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन्।

वैशाख १० मा भएको उपनिर्वाचनबाट लामिछाने र वाग्ले प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

यो पनि पढनुस !!

बारा २ बाट निर्वाचित सांसद उपेन्द्र यादवको शपथ भने पछि हुने संघीय संसद सचिवालयले जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछाने गत मंसिर ४ को चुनावबाट पनि प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.