काठमाडौं, ६ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लगिएको छ।
बुधबार बिहान राष्ट्रपति पौडेललाई श्री एयरको विमानमार्फत भारत लागिएको हो।
उनको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस् (एम्स) मा उपचार हुनेछ।
स्वास्थ्यमा समस्या देखिएपछि सोमबार राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो।
त्यसदिन उनको बायाँ छातीको तल्लो भागबाट भिडिओ एक्सरेको सहायताले पानी निकाली परीक्षणको लागि पठाइएको थियो।