काठमाडौं, ४ बैसाख । प्रतिनिधिसभाकी सदस्य उर्मिला माझीले हालसालै बजारमा आएकाे र निकै चर्चा कमाएकाे प्रकाश सपुतकाे म्युजिक भिडियो सकम्वरीले महिलाकाे अपमान गरेको भन्दै विराेध जनाएकी छिन् ।
माओवादी केन्द्रकी केन्द्रीय सदस्य समेत रहेकी सांसद माझीले सपुतकाे गितमा व्यक्त शव्दहरूमा महिलालाई विकाउकाे साधनमात्रै बनाउने खालकाे भएको भन्दै आपत्ति प्रकट गरेकी हुन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै माझीले भनेकी छन् – महिलाहरु भनेकाे निरीह हुन्छन् आफू केही गर्न सक्दैन बाच्नकाे लागि जे पनि गर्छन्, कानमा लाउने झुम्का देखि नाकमा लाउने फुलिसम्म अरुले स्वार्थ पूरा गरे बापत किनिदिन्छ र उनिहरु लगाउछ भन्ने जस्ता शब्दहरुले महिला अधिकार, महिला स्वतन्त्रता र महिलाहरुकाे क्षमता माथिनै प्रश्न उठाएको र सिंगो महिला हरुलाइ नै अपमान गरेको महसुस गरेँ ।
उनको स्टाटस :
हालसालै चर्चामा आयको गायक प्रकाश सपुतले बजारमा ल्याएको फुलमाया गितले के सन्देश दिन खाेजेकाे हाेला ? गितकाे भावले के दर्साउछ भने महिलाहरु भनेकाे निरीह हुन्छन् आफू केही गर्न सक्दैन बाच्नकाे लागि जे पनि गर्छन्, कानमा लाउने झुम्का देखि नाकमा लाउने फुलिसम्म अरुले स्वार्थ पूरा गरे बापत किनिदिन्छ र उनिहरु लगाउछ भन्ने जस्ता शब्दहरुले महिला अधिकार, महिला स्वतन्त्रता र महिलाहरुकाे क्षमता माथिनै प्रश्न उठाएको र सिंगो महिला हरुलाइ नै अपमान गरेको महसुस गरेँ । याे ब्यवस्थामा महिलाहरुकाे अबस्था धेरै नै परिवर्तन भै सकेको छ । समस्या छन् तर यो विषय प्रति खेद प्रकट गर्दछु ।