Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

राष्ट्रपति उम्मेदवारबारे छलफल गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडाैँ, ११ फागुन । राष्ट्रपति उम्मेदवारबारे छलफल गर्न नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने मिति नजिकिएसँगै आज नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएकाे हाे।

बैठकमा राष्ट्रपति चुनावको उम्मेदवार छनौटबारे छलफल हुनेछ। बैठक आज बिहान ११ बजे बस्नेछ। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सक्किनै लाग्दा यतिबेला नयाँ राष्ट्रपतिका लागि राजनीतिक दल र त्यसका शीर्ष नेताहरूको दौडधुप चलिरहेको छ।

यो पनि पढनुस !!

यही फागुन २५ गतेका लागि तय भएको राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवार सत्तागठबन्धनको तर्फबाट एमालेको भागमा परे पनि प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपतिको उम्मेदवार चुन्नुपर्ने बताएपछि दौडधुप बढेको हो।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.