Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौँ, २६ माघ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तापछि आजका लागि संयन्त्रको बैठक बोलाउने बताइएको थियो।

सोही अनुसार आज (२६ माघ) संयन्त्रको बैठक बस्न लागिएको हो। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सचिवालयले बताएको छ। बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिहरूको उपस्थिति हुनेछ।

यो पनि पढनुस !!

संयन्त्रका संयोजक एमाले अध्यक्ष ओली हुन्। संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछिको अवस्था, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लगायतका विषयमा छलफल हुने बुझिएको छ। रास्वपा सरकारबाट बाहिरिएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा पनि छलफल हुने बताइएको छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.