Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ, १९ माघ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ। बुधबारका लागि तय भएको बैठक आजका लागि सारिएको थियो। माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार दिउँसो ४ बजेका लागि स्थायी कमिटी बैठक तय गरिएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ४ बजेपछि बैठक बस्ने उनले जानकारी दिएका हुन्। देशको पछिल्लो राजनीतिक घटनाक्रम, गृह मन्त्रालय, राष्ट्रियसभा उपाध्यक्ष चयन र राष्ट्रपति निर्वाचन लगायतका विषयमा स्थायी कमिटीमा छलफल हुन लागेको हो।

यो पनि पढनुस !!

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई दबाब आइरहेको छ। यद्यपि सर्वोच्च अदालतको पूर्णपाठ नआई रविलाई गृह दिन नसकिने निश्कर्षमा प्रधानमन्त्रीसहित माओवादीका शीर्ष नेताहरु रहेका छन्।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.