Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

नेता घनश्याम भुसाल आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

काठमाडौँ, २९ पुस । एमाले परित्याग गरेर स्वतन्त्र रहेका वामपन्थी नेता घनश्याम भुसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्।

समाजवादीसँगको निरन्तरको छलफलपछि उनी आज शुक्रबार पार्टी प्रवेश गरेर जिम्मेवारी लिन तयार भएका हुन्।

भुसाललाई आज दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रममा समाजवादीका अध्यक्ष माधव नेपालले स्वागत गर्नेछन्।

यो पनि पढनुस !!

भुसाललाई पार्टीमा ल्याउन समाजवादीले महत्त्वपूर्ण र सम्मानजन जिम्मेवारी दिने जनाउँदै ‘स्वागत पत्र’ पठाएको छ । बुधबार साँझ स्वागत पत्र पठाएको हो। उनलाई पार्टीमा ल्याएर महासचिवको जिम्मेवारी दिने तयारी छ।

तत्कालीन एमालेमा चर्को विवाद हुँदा माधव नेपाल खेमा रहेका भुसाल पार्टी विभाजनका बेला भने १० बुँदे सहमित गरेर एमालेमै बसेका थिए।

मंसिर ४ गते भएको चुनावमा अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि उनी पार्टी परित्याग गर्दै कांग्रेस, माओवादी र समाजावादीको समर्थनमा रुपन्देही १ मा उम्मेदवार भएका थिए।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.