Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

लुम्बिनी प्रदेशसभामा आज शपथग्रहण हुँदै

लुम्बिनी, १७ पुस । लुम्बिनी प्रदेशसभाका सांसदले आज शपथग्रहण गर्ने भएका छन् । नवनिर्वाचित प्रदेशसभा सांसदलाई दिउँसो १ बजे तय शपथ गराउने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।

प्रदेश राजधानी दाङको देउखुरी भालुवाङमा निर्मित प्रदेश सभा भवनमा बैठकमा शपथ गराउने कार्यक्रम छ । संसद् अधिवेशन सोमबारका लागि आह्वान गरिएको छ । त्यसको सम्पूर्ण तयारी पुरा भएको सचिव पुनले रातोपाटीलाई बताए ।

यो पनि पढनुस !!

आज ८७ जना प्रदेश सभा सदस्यमध्ये केहीले मातृभाषा शपथग्रहण गर्दे छन् । यसरी शपथग्रहण गर्नेमा जनमत पार्टीका र जसपाका रहेका छन् । संसद् सचिवालयका अनुसार अनुसार सुमन शर्मा रायमाझी , चन्द्रकेश गुप्ता , कन्हैयालाल बानियाले अवधि भाषामा शपथ लिने छन् । यस्तै राज कुमार चौधरीले थारु भाषा शपथ ग्रहण गर्ने छन् ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.