Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, १४ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सर्लाहीको कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर राय, इन्जिनियर रामविनय प्रसाद यादव, सब-इन्जिनियर उमेशकुमार दास, अधुरो रमजानकी मन्दिर निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष रामभरोसी मण्डल धानुक, सचिव बालमेश्वर साह कलवार र कोषाध्यक्ष रिना कुमारीविरुद्ध मुद्दा दायर भएको हो।

आयोगले ६ जनाविरुद्ध काठमाडौँस्थित विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

यो पनि पढनुस !!

विलासी नगरपालिका-८ स्थित अधुरो रमजानकी मन्दिर निर्माणमा वास्तविक कामभन्दा बढी काम देखाएर गलत बिल बनाएर हिनामिना गरेको भन्ने अख्तियारमा उजुरी परेको थियो।

अनुसन्धान हुँदा फिल्डमा कम काम भएकोमा बढी काम भएको भनेर नापी किताब मूल्याङ्कन गरी चढाएको पाइएको अख्तियारले जनाएको छ । ठेक्का बिल र कार्यसम्पन्न प्रतिवेदनमा पनि फिल्डमा वास्तविक रूपमा भएको कार्यभन्दा बढी मूल्याङ्कन गराई भुक्तानी लिएको खुलेको हो।

त्यसरी उनीहरूले ९७ हजार ८४० रुपैयाँ बढी रकम भुक्तानी गरी भ्रष्टाचार गरेको आरोप छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.