काठमाडाैँ, १३ पुस । काठमाडौँ उपत्यकाको तापक्रम दिनदिनै घट्दै गइरहेकाे छ। मौसमविद् बिनु महर्जनले तापक्रम निरन्तररूपमा घट्दै गएकाे बताइन्। उनका अनुसार पछिल्लो केही दिनयता न्यूनतम तापक्रम क्रमशः घटिरहेको छ।
उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव चार डिग्री सेल्सियसमा झरेको छ। काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको यो सबैभन्दा कम तापक्रम हो।
मंगलबार ३.८ डिग्री मापन गरिएको थियाे।
मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा पनि सामान्य असर पर्नसक्ने हुँदा आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ।