Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

भ्रष्टाचार रोक्नु सरकारको पहिलो काम : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, १२ पुस । नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताएका छन्।

सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले भ्रष्ट्राचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताएका हुन्।

‘यो सरकारले मुख्यतः राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै सुशासन कायम गरेर समृद्धिको फड्को मार्नु हो। राजनीतिक परिवर्तन पछि जनताको जिवनमा परिवर्तन गर्नु हो। यो सरकारको मुख्य उद्देश्य नै हामीले सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु हो,’ उनले भने, ‘यस अघि भएका सबै सकारात्मक कामहरुलाई आत्मासात गर्दै त्यसलाई निरन्तरता दिदैँ जहाँ–जहाँ कमजोरीहरु छन्, समस्याहरु छन्। त्यो कमजोरीलाई सच्याउने, समस्याहरुलाई समाधान गर्ने र समृद्धिमा फड्को मार्नु हो।’

उनले सरकारको मुख्य उद्देश्य सुशासन कायम गरेर समृद्धिमा फड्को मारेको उल्लेख गरे। उनले जनताले कानूनसम्मत रहेका कुनैपनि कामलाई भनसुन नगरीकन र घुस नखुवाइकन गर्नसक्ने बनाउनुपर्ने आवश्यकता रहेको बताए। त्यस्तै जनताको अपेक्षा अनुरुप शिक्षा, स्वास्थ्य, रोजगारी खाद्यान्न, आवास, खानेपानी लगायतलाई उपलब्ध गराउनुपर्ने भएकाले सोही अनुसार
आफूले काम गर्ने बताए।

यो पनि पढनुस !!

‘भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र अनियमिततालाई कडाइपूर्वक रोक्नु यसको पहिलो काम हुन्छ। जनताले कमसेकम संविधान, कानून र नियम अनुसार हुनुपर्ने काम भनसुन नगरीकन, घुस नखुवाइकन हुने दिन हामीले दिनुपर्छ,’ उनले भने, ‘त्यसपछाडी मात्रै हामीले अरु परिवर्तन जनतालाई दिनुको अर्थ रहन्छ। जनताले पहिले त्यो अपेक्षा गरेको छ। त्यसपछाडी जनताको जिवनमा परिवर्तन हुनेगरी शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न, आवास, खानेपानी, सडक, बिजुली हामीले उपलब्ध गराउनुपर्ने हुन्छ।’

मन्त्री श्रेष्ठले भ्रष्टाचार गर्नेहरुले बाहिरबाट मन्त्रालयलाई कब्जा गर्छु भन्ने नसोच्न चेतावनी दिए। उनले भ्रष्टाचार गर्नेहरु र आफू अनुकुल ऐन, कानूनहरु बनाउनेहरुको दिन गएको बताए। भ्रष्टाचार गर्नेहरुले वा पैसालाई मात्र केन्द्रबिन्दुमा राख्नेहरुले बाहिरबाट मन्त्रालयलाई कब्जा गर्छु। ऐन, नियमलाई आफैँ बनाउँछु भन्ने दिन गए भन्ठान्नुस्।’

मन्त्री श्रेष्ठले जनतालाई डेलिभरी दिने कुरालाई प्राथमिकतामा राखेर आफू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आएको पनि स्पष्ट पारे।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.