काठमाडौं, ११ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाइ दिएका छन्।
आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डलाई सभापति देउवाले बधाइ दिएका हुन्।
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले देउवासहित कांग्रेस नेताहरुले फोन गरेर प्रचण्डलाई बधाइ दिएको जानकारी दिए।
‘म नेताहरूको नाम लिन्न । कांग्रेसका केही नेताहरूले फोन गरेर प्रचण्डलाई बधाई दिनुभयो । र हाम्रो प्रधानमन्त्री तपाई नै हो भन्नुभयो,’ उनले भने।