Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

प्रधानमन्त्री प्रचण्डकोे शपथ आज

काठमाडौँ, ११ पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह सोमबार अपराह्न ४ बजे आयोजना हुनेछ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूले आज शपथ लिने कार्यक्रम छ। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका नवनियुक्त प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाको एक सय ६९ सांसदको समर्थन छ।

यो पनि पढनुस !!

सोमबार नै मन्त्रिपरिषद्का केही सदस्यले समेत पद तथा गोपनीयताको शपथ लिने बताइएको छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.