काठमाडौँ, १० पुस। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको बैठकले दाहाललाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो । साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिनेछ ।
बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका अनुसार दाहाललाई प्रधानमन्त्रीमा अघि सार्दै राष्ट्रपतिसमक्ष आइतबारै दाबी पेश गर्ने सहमति छ । सहमतिसँगै नेताहरु नयाँ सरकारका लागि शीतल निवासतर्फ प्रस्थान गरेका छन् ।
प्रचण्डलाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत समर्थन जुटेको बताइएको छ ।