Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

बालुवाटारबाट बाहिरिए प्रचण्ड, मिलेन कुरा

काठमाडौं, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट बाहिरिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धन दलका शीर्ष नेताहरूसँग छलफलका लागि बालुवाटार पुगेका उनी छलफलबाट बाहिरिएका हुन् ।

प्रधानमन्त्री देउवाले अहिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग वार्ता गरिरहेका छन् ।

गठबन्धन दलका शीर्ष नेताहरूसँग दुई घण्टा छलफल गरेपछि उनी बाहिरिएका छन् । सरकार गठनका विषयमा सत्तारुढ दलहरूबीच अझै पनि सहमति भइसकेको छैन ।

यो पनि पढनुस !!

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नेतृत्वमा दाबी पेश गर्न आज साँझ ५ बजेसम्मको समयसीमा दिएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.