Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

नयाँ सरकार गठन गर्ने आज अन्तिम दिन, होला त सहमति ?

काठमाडौँ, १० पुस । आज नयाँ सरकार गठनका लागि सहमति जुटाउने अन्तिम दिन दलहरुले सहमतिको प्रयास जारि राखेका छन्। सहमतिको बिन्दु निकाल्न सत्ता गठबन्धनको निर्णायक बैठक आज पनि बस्दै छ।

सत्तारुढ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अहिले बिहान १० बजेसम्ममा गठबन्धनको बैठक बस्ने जानकारी दिए। बैठक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्नेछ।

यो पनि पढनुस !!

नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज साँझ ५ बजे सकिँदै छ। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सात दिनभित्र नयाँ सरकार गठनका लागि पुस ३ गते आह्वान गरेकी थिइन्।

नयाँ सरकार गठनका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा पदमा नियुक्ति गर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार राष्ट्रपतिले पुस १० गते आइतबार साँझ ५ बजे भित्र दाबी पेस गर्न दलहरूलाई आह्वान गरेकी हुन्।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.