Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

गठबन्धन भत्काए प्रचण्ड प्रधानमन्त्री : एमाले

काठमाडौं, ३ पुस । नयाँ सरकार गठनको सरगर्मी बढेसंगै दलका शिर्ष नेताहरु सत्ता बाँडफाँडको आन्तरिक छलफलमा जुटेका छन्। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री बन्ने प्रयास थालेका छन् । प्रचण्डले शनिबार प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष आफूलाई पहिलो कार्यकाल प्रधानमन्त्री बनाउन औपचारिक प्रस्ताव गरेका हुन् ।

शनिबार बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्दा देउवाले पार्टी संसदीय दलको बैठक बसेपछि मात्र सल्लाह गर्ने जवाफ दिएका थिए ।

उता नेकपा एमालेका नेताहरुले पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउन सकिने गरि चर्चा थालेका छन्। तर प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेका नेताहरुले सहकार्यका लागि माओवादीले गठबन्धन छाड्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

यो पनि पढनुस !!

एमाले सत्ता गठबन्धन भत्काउने प्रयासमा छ । गठबन्धन भत्काउनका लागि माओवादी, नेकपा (एकीकृत समाजवादी)का नेताहरूसँग छलफल पनि भइरहेको नेताहरूको भनाइ छ ।

जसरी पनि गठबन्धन भत्काउने र माओवादी केन्द्रलाई आफुतिर तान्ने योजनामा एमालेका दोस्रो तहका नेताहरु लागि परेका छन्। उता माओवादी केन्द्रका दोस्रो तहका नेताहरु पनि पुन: वाम गठबन्धन गरेर जानुपर्ने निष्कर्षमा पुगेको बताइएको छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.