Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

शीतलनिवासको चाबी कसलाई ?

काठमाडौँ, ३ मंसिर । ‘को बन्ला राष्ट्रपति ? प्रधानमन्त्रीमा को आउला ?,’ चुनावपछि सबैको चासो छ। जनताले चुनावमा कुनै एक दललाई मात्रै बहुमत दिएनन्। प्रधानमन्त्री र राष्ट्रपति हात पार्न दलहरू ‘मिल्नैपर्ने’ जनताको म्यान्डेड छ। त्यसैकारण दलहरू भागबन्डाको संवाद र छलफलमा व्यस्त छन्।

५ दलीय गठबन्धनका दलहरू ‘मिलेरै’ यी पद भागबन्डा गर्नेतिर सक्रिय छन्। उता विपक्षी एमाले गठबन्धन भत्काएर नयाँ समीकरण बनाउने प्रयत्नमा छ। किनभने, यही समीकरण रहिरहे सत्ता र शक्तिका कुनै पनि पद एमालेले नपाउने पक्का छ।

यो पनि पढनुस !!

यता, ५ दलीय गठबन्धनमा पनि राष्ट्रपति र प्रधानमन्त्रीको भागबन्डा मिलिसकेको छैन। कांग्रेस दुवै पद आफूले पाउनुपर्ने अडानमा छ। गठबन्धनका अरू दलहरू ‘प्रधानमन्त्री र राष्ट्रपति’ मध्ये कांग्रेसले एक रोज्नुपर्ने तर्क गर्न थालेका छन्। कांग्रेसमा पनि संसदीय दलको नेताका लागि उत्तिकै दौडधुप चलेको छ। तर, गठबन्धनमा रहेका अरू दलका नेताहरू भन्छन्, ‘राष्ट्रपति र प्रधानमन्त्री दुवै पद कांग्रेसलाई दिन सकिन्न।’

कांग्रेसले दुवै पद नछोड्ने संकेत पाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरणको ‘प्रयास’ थालेका छन्। कांग्रेसले दुवै पदको दाबी नछोडे एमालेसँग नयाँ समीकरण हुनसक्ने भन्दै प्रचण्डले एमालेसँग बाक्लो छलफल अघि बढाएका छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.