Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

सरकार गठन बारे छलफल गर्न आज माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ, ३ मंसिर । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाइएको माओवादी केन्द्रले जनाएको छ।

महासचिव देव गुरुङका अनुसार नयाँ सरकार गठन र संसदीय दलको नेता छान्ने विषयमा आजको बैठकमा छलफल केन्द्रित हुनेछ। ‘समसामयिक विषयमा छलफल गर्नका लागि बैठक बोलाएका हौं,’ गुरुङले भने, ‘सरकार गठनको बेला छ, संसदीय दलबारे छलफल हुन्छ।’

यो पनि पढनुस !!

माओवादी केन्द्रमा संसदीय दलको नेताका लागि विवाद छैन। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत दलको नेता चुनिने भएपनि सरकार गठन लगायतका अन्य विषयमा छलफल गर्नका लागि बैठक आह्वान भएको हो।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.