Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

खारेज हुन्छ रवि लामिछानेको सांसद पद ?

काठमाडौँ, २९ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

सिन्धुलीका युवराज सफलले वुधबार रविविरुद्ध रिट दायर गराएका हुन्। रिटमा नागरिकता विवाद चलिरहेकाले लामिछानेलाई सांसद पदमा सपथ नगराइ उनको पद खारेज गर्न माग गरिएको हो ।

लामिछाने नेपाली नागरिक नभएकाले उनी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुन नै योग्य नभएको रिटमा दाबी गरिएको छ। उनी निर्वाचित भएको चितवन क्षेत्र नम्बर २ मा पुनः मतदान हुनुपर्ने माग पनि रिटमा गरिएको छ।

यो पनि पढनुस !!

लामिछानेले अमेरिकी नागरिकतासँगै नेपाली नागरिकता लिएर दल दर्ता गराएको र नेपाली नागरिकिता नलिएकाले निर्वाचित भएको पद रिक्त हुनुपर्ने दाबी रिटमा गरिएको छ। त्यस्तै, रविमाथि नागरिकता दुरुपयोगमा छानबिन हुनुपर्ने माग पनि गरिएको छ।

रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ ।

रिटमाथि पुस ६ गतेको संवैधानिक इजलासमा पेसीमा तोकिएको छ । लामिछाने चितवन २ बाट निर्वाचित भएका थिए। उनको नागरिकता विवादबारे प्रहरीले छानविन गरिरहेको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.