काठमाडौं, २७ मंसिर । गोरखा र धादिङका जनप्रतिनिधिले बहुचर्चित बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल अघि बढाउन माग गरेका छन् । मंगलवार संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´लाई भेटी १२ सय मेघावाटको बुढीगण्डकी आयोजना अघि बढाउन माग गरेका हुन् ।
उकत आयोजना निर्माणको लागि घरजग्जा र बोटविरुवाको मुआब्जा वितरण लगायतका काम भए सम्पन्न भए पनिआयोजना निर्माणको काम भने सुरू हुन सकेको छैन।
प्रचबूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल अघि बढाउनण्डसंगको भेटमा गोरखा-१ बाट निर्वाचित प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईं, धादिङ-२ बाट निर्वाचित सांसद रामनाथ अधिकारीलगायतले अन्य जनप्रतिनिधिले आयोजना अघि बढाउन पहल गरिदिन आग्रह गरेका छन् ।
गोरखा-२ बाट चुनाव जितेका प्रचण्डले बूढीगण्डकी आयोजना निर्माणलाई अघि बढाउने प्रतिवद्धता जनाएका थिए।