Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

मोहम्मद हत्या छानबिनामा आइबीको अवरोध

काठमाडौँ, २३ मंसिर । काठमाडौंको गोठाटारमा ५८ वर्षीय लाल मोहम्मद (मोहम्मद दर्जी)को अनुसन्धानमा हत्यासम्बन्धी घटनाको भारतीय इन्टेलिजेन्स ब्युरो (आइबी) ले चासो देखाएको छ। भारतीय नक्कली नोटको अनुसन्धान तथा आतंकवादी समूहहरूको अनुसन्धानमा क्रियाशील आइबीले मोहम्मद हत्या प्रकरणको अनुसन्धानमा पनि चासो देखाएको नेपाल प्रहरीको उच्च स्रोतले जनाएको छ ।

हत्याका मुख्य योजनाकार भारतका बब्लु पासवान रहेको खुले पनि नेपाल प्रहरीले उनलाई पक्राउ गर्न नसक्नुको प्रमुख कारण आइबीको चासो र भारतीय प्रहरीको असहयोग रहेको स्रोतको दाबी छ ।

बिहार रक्सौलका पासवान मोहम्मद हत्याका मुख्य योजनाकार रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । तर भारतीय पक्षले पासवानलाई पक्राउ गर्न मात्रै होइन, घटनाको थप अनुसन्धान अघि बढाउन पनि अवरोध गरिरहेको छ ।

यो पनि पढनुस !!

मोहम्मद हत्या घटनाको अनुसन्धानमा आइबीले अनावश्यक चासो दिएपछि नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले अवरोध नगर्न आग्रह गरेको स्रोतले बतायो ।

यो समाचार नागरिक दैनिकमा छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.