काठमाडौं, १९ मंसिर । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजीनामा दिएकी छन् ।
कार्कीले आइतबार काउन्सिलमा गएर राजीनामा बुझाएकी हुन् ।
यो पनि पढनुस !!
काउन्सिलले डा. कार्कीको राजीनामा पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको छ । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद विजयी भएकी थिइन् ।