काठमाडौं, १९ मंसिर। दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीचमा कडा प्रतिस्पर्धा देखिएको छ ।
नेकपा माओवादी केन्द्रका गंगा कार्की ११४ मतले अगाडि छन्। कार्कीले ३३ हजार ७०७ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकाेटीले ३३ हजार ५९३ मत हासिल गरेका छन्।
विगु गाउँपालिकाकाे १ र २, शैलुङ गाउँपालिकाकाे १ र २ र मेलुङ गाउँपालिकाकाे १ मा गणना हुन बाँकी छ।
दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजय भएका छन् । उनले २३ हजार तीन सय ३१ मत प्राप्त गरेका छन् भने एमालेका नरबहादुर श्रेष्ठले १५ हजार तीन सय ५६ मत प्राप्त गरेका थिए ।
प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भए । जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए ।
कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियोे ।